युवराज ज्ञवालीको प्रश्न : एमालेलाई दक्षिणपन्थी भन्ने आधार के ?

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले दक्षिणपन्थी नभएको टिप्पणी गरेका छन् । बुधबार पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्न दैलेख आइपुगेका उनले पत्रकारहरुसँग कुरा गर्दै कुनै व्यक्ति मन परेन भनेर सिंगो पार्टी नै खराब हो भनेर भन्न नमिल्ने बताए ।
एमाले कर्णालीका इञ्चार्ज समेत रहेका उनले माधव नेपालतर्फ संकेत गर्दै भने, ‘तपाईंहरुले यो पार्टीलाई दक्षिणपन्थी हो भनेर भन्ने के आधार छ ? तपाईंहरु हुँदा यो दक्षिणपन्थी नहुने अहिले दक्षिणपन्थी हुने ? यो दस्तावेज तपाईहरुले पास गराउनु भएको होइन र ? तपाईहरुले लेखेको दस्तावेजमा हामीले सहयोग मात्र गरेको हो ।’
ज्ञवालीले पार्टी कार्यकर्तालाई कसैको लोभ लालचमा नलागी अडिग भएर पार्टी एकताको पक्षमा उभिन आग्रह गरे । पार्टीभित्र देखिएका समस्याहरु छलफल गरेर समाधान हुने बताउँदै उनले समस्या देखिन बित्तिकै पार्टी फुटाएर जाने प्रवृत्तिले कसैलाई राम्रो नहुने उनको टिप्पणी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बल–बैँस छँदासम्म उनले दिनको उज्यालोमा लेखिनन्
-
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
-
आज यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, कहाँ कहाँ हुन्छ वर्षा ?