आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीले ‘हुन्डी कारोबारी’ भनेर व्यापारी पक्राउ गरेकोमा आपत्ति

बुधबार, १६ भदौ २०७८, २० : १७
बुधबार, १६ भदौ २०७८

फलफुल व्यापार गर्ने व्यवसायीलाई प्रहरीले ‘हुन्डी कारोबारी’ भनेर गिरफ्तार गरेको भन्दै व्यापारीहरुले आपत्ति जनाएका छन् । मंगलबार महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले कुलेश्वरमा फलफुल पसल चलाउने मीनप्रसाद गौतम र रमेश तिमल्सिनालाई पक्राउ गरेर थियो ।

मीनप्रसाद गौतमको स्टल नम्बर–१८ बाट ३० लाख ७ हजार बरामद गरेर प्रहरीले अवैध ‘हुन्डी कारोबार’को रकम दावी गरेको थियो । नेपाल फलफुल थोक ब्यवसायी संघले बुधवार विज्ञप्ती प्रकाशन गरेर सो रकम ‘हुण्डी’को नभई व्यापार गरेर संकलन भएको जानकारी दिएको छ ।

फलफुल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले भदौ १४ मा कृष्ण जन्माष्टमी भएको हुनाले बैंकमा राख्न नपाएर स्टलमा रहेको रकमलाई प्रहरीले हुन्डीमा परिणत गर्न खोजेको बताए । ‘प्रज्ञापन पत्र भरेर भन्सार बिन्दुमा नै भन्सार दस्तुर कायम गरी विदेशबाट फलफुल आयात गरिन्छ’ कुँवरले रातोपाटीसँग भने– ‘प्रहरीले अनावश्यक रुपमा हस्ताक्षेप गरेर व्यापारीको मनोबल गिराउन खोजेको छ ।’

महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराले ‘१० लाख भन्दा बढी रकम नगदमा कारोबार गरेमा पक्राउ गर्छु’ भनेर ब्यापारीलाई धम्की दिने गरेको कुलेश्वरका एकजना फलफुल व्यापारीले रातोपाटीलाई बताए ।

‘१ कन्टेनर सामान मगाउँदा ३० लाख तिर्नुपर्छ, उपत्यकामा सामान उधारोमा पठाउँछौं’ ती फलफुल व्यापारीले रातोपाटीसँग गुनासो गरे– ‘पैसा कलेक्सन भइरहेको हुन्छ तर, डिएसपी बोहराले १० लाख भन्दा बढी पैसा भेटिए पक्राउ गर्छु भनेर लगातार धम्की दिँदै आउनुभएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप