कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय
बुधबार, १६ भदौ २०७८, १९ : ४८
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण यसअघि स्थगन गरिएको परीक्षा भदौ ३० गतेदेखि सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको हो ।
संगीत, ललितकला र संस्कृत विषय समूह तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन गर्न लागिएको बोर्डले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।
परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ । सरकारले यसअघि परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप अभियान समेत सञ्चालन गरिसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण