शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ प्रधानसेनापतिले पाए नियुक्तिपत्र

बुधबार, १६ भदौ २०७८, १९ : २६
बुधबार, १६ भदौ २०७८

रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई यही भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्ति गरेकी थिइन् । नियुक्तिपत्र हस्तान्तरण गर्दै सचिव पौड्यालले कायममुकायम प्रधानसेनापति शर्मालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप