आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘बर्जर फेस्टिभ राइड’ शुरु, उपहारमा मोबाइल देखि मोटरसाइकलसम्म

बुधबार, १६ भदौ २०७८, १९ : २६
बुधबार, १६ भदौ २०७८

काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर बर्जर पेन्ट्सले ‘बर्जर फेस्टिभ राइड’ योजना सार्वजनिक गरेको छ । बर्जर पेन्ट्सको यो योजना भदौं १५ गतेबाट शुरु भएको छ । 

यस योजना अन्तर्गत उपभोक्ताहरुले छानिएका ब्रान्डहरुको खरीदमा १०० वर्ग फिट क्षेत्रफल बराबरको डिजाइनर वाल पेन्ट् पक्का उपहार प्राप्त गर्नेछन् । यसमा एकजना भाग्यशाली विजेताले गोला प्रथाद्वारा बम्पर उपहारमा नयाँ ब्राण्डको यामाहा एफ जेड २५ मोटरसाइकल जित्न सक्नेछन् ।

यसैगरी, अन्य आकर्षक उपहारहरु एकजनालाई यामाहा फेसिनो १२५ एफआई स्कूटर, २ जनालाई सामसङ एस२१ मोबाइल र ५० जनालाई सामसङ एम ०२एस मोबाइलहरू प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका साथै योजनामा उपभोक्ताहरूले रँगाइएको आफ्नो घरको बाहिरी भागको फोटो बर्जरको वेभसाइटमा अपलोड गरेर डिजिटल प्रतियोगितामा सहभागिता जनाउन पनि सक्नेछन् । यसरी सहभागी भएका प्रतियोगीहरु मध्ये उत्कृष्ट २८ घरधनीहरुलाई नगद पुरस्कार प्रदान गर्ने पनि कम्पनीको योजना छ । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप