बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा ३८७ जनामा कोरोना सङ्क्रमण

बुधबार, १६ भदौ २०७८, १९ : १९
बुधबार, १६ भदौ २०७८

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ र ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा आठ, धनकुटामा पाँच, भोजपुरमा तीन, ताप्लेजुङमा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप