बारामा एकीकृत समाजवादीको कमिटी गठन
बारामा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी गठन भएको छ ।
बुधबार बाराको कलैयामा भएको क्रियाशिल जिल्ला कमिटी, जिल्ला सचिवालय, जनवर्गीय संगठन तथा बुद्धिजीवीको उपस्थितिमा एमालेको विद्रोही समूहले जिल्ला कमिटीलाई एकीकृत समाजवादीमा रुपान्तरित गरि सबै जवस संगठनलाई समाहित गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादी रुपान्तरितसंगै भदौ मसान्तसम्ममा नयाँ कार्यालय स्थापनाका लागि अध्यक्ष माधवकुमार नेपालबाट गरिने भएको छ ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राईको प्रमुख आतिथ्यतामा तथा राजेन्द्र प्रसाद कलवारको अध्यक्षतामा भएको बारा जिल्लाका कम्यूनिष्ट नेता, अगुवा कार्यकर्ता तथा शुभचिन्तकहरुको बैठकले नेकपा (एकीकृत समाजवादी) बारा जिल्ला कमिटीमा रुपान्तरण गरेको छ ।
नवगठित एकीकृत समाजवादीका केन्द्रीय सदस्यले दिनेश राईले सबै उपमहानगर, नगर तथा गाउँपालिका कमिटीमा पार्टी संगठन पुनर्गठन, विस्तार तथा निर्माण गर्न आग्रह गर्दै समाजवादको यात्रामा सहभागी हुन सबैलाई आह्वान गरे ।
उनले लोकतान्त्रिक शक्ति र आन्दोलनलाई सुदृढ गर्दै सुखी नेपाली र समृद्ध नेपाल सपना साकार पार्ने अभियानमा जुट्न आह्वान पनि गरे ।