शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

५८ हजारले गराए कोभिड खोप कार्ड प्रमाणीकरण

बुधबार, १६ भदौ २०७८, १७ : ५८
बुधबार, १६ भदौ २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ हजार जनाको कोरोना भाइरस (कोभिड–१९) खोप कार्ड प्रमाणीकरण गरेको छ ।

खोप कार्ड प्रमाणीकरणका लागि विगतमा जस्तो लाइनमा बस्नुपर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए ।

कार्ड प्राप्तिका लागि प्रतिक्षामा बस्नेको सूची समेत कम रहेको उनले बताए ।

साउन २१ गतेदेखि खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरिएको थियो । बुधबारसम्ममा ७७ हजार व्यक्तिले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको छन् ।

अनलाइन फारम भरेपछि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था मन्त्रालयले गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप