पर्सामा एमालेको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित
बुधबार, १६ भदौ २०७८, १७ : ५३
नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधरले गठन गरेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।
बालगोपाल थापाको नेतृत्वमा रहेको पर्सा समानान्तर जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित भएको हो ।
एमाले पर्सा जिल्ला सचिवालयको बसेको बैठकले सिंगो जिल्ला कमिटी नै नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णय गरेको अध्यक्ष बालगोपाल थापाले जानकारी दिए ।
एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले एकीकृत समाजवादीको नवगठित पर्सा जिल्ला कमिटीको सपथ ग्रहण भदौ २६ गर्ने निर्णय भएको जानकारी दिए ।
अग्रगमनका पक्षधर र इमान्दार कम्युनिष्ट नेता कार्यकर्ताहरूलाई नेकपा एकीकृत समाजवादीमा संगठित हुनका लागि आह्वान समेत गरिएको नेकपा एकीकृत समाजवादीका पर्साका सचिव बिक्रम चौरसियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि