शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा २३५ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु

बुधबार, १६ भदौ २०७८, १७ : ४७
बुधबार, १६ भदौ २०७८

गण्डकी प्रदेशमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९९७ जनामा गरिएको नमूना परीक्षणमा २३५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १२३ महिला र १२२ जना पुरुष रहेका छन् । 

प्रदेशका ६ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।  उनकाअनुसार कास्की १४७, बागलुङ २, स्याङ्जा २८, म्याग्दी २, पर्वत २, लमजुङ १६, तनहुँमा ५ र नवलपरासी पूर्वमा १६ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८१ हजार ८१० पुगेको छ ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१८ का ७५ वर्षीय पुरुष, पोखरा–१९ की ५५ वर्षीय महिला, बागलुङ काठेखोला–८ की ८३ वर्षीय महिला, स्याङजा गल्याङ–३ की ८५ वर्षीय महिला र तनहुँ ब्यास–४ का ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०० पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म ७७ हजार ३१० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकैदिन संक्रमणमुक्त हुनेको संख्या २८८ पुगेको छ ।  गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २०० रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप