कर्णालीका कृषि मन्त्रीको दावी– फेक भिडियो बनाएर फसाउन खोजियो
कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफूमाथि लागेको आरोप सत्य नभएको बताएका छन् । फेक भिडियो बनाएर राजनीतिक प्रतिशोधका आधारमा आफूलाई फसाउन खोजिएको उनको दावी छ ।
बलात्कार आरोप लागेपछि बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सार्वजनिक भएको भिडियोमा कोठामा छिरेको देखिने व्यक्ति म नै हो । तर, उहाँ (महिला) सँग त्यसपछि भएको कार्यमा कुनै सत्यता छैन।’
‘कोठामा जाउँला, बाटोमा हिडुँला, ड्रेस मिल्यो भन्दैमा आरोप लगाउन पाइन्छ ?’ मन्त्री शाहीले आक्रोश पोखे, ‘पीडित युवतीले नै म बलात्कार भएको छैन भनिसक्दा पनि फण्डा मच्चाउने काम राम्रो होइन् । भिडियो पूर्ण रुपमा एडिट गरेर सार्वजनिक गरिएको छ।’
उनले भिडियोबारे मंगलबार (हिजो) मात्र आफूलाई जानकारी भएको दावी गरे ।
एमालेका भ्रातृ संगठनले जुलुस निकालेर नभएको विषयमा राजनीतिकरण गर्न खोजेको उनको आक्रोश छ । उनले यो प्रकरणमा एमाले नेता यामलाल कँडेलको भूमिका रहेको पनि आरोप लगाए । ‘यो सबै यामलाल कँडेलको डिजाईन हो । अपराध हेर्ने त अदालत ले होला नि । अदालतमा दर्ता भएको खण्डमा त्यो अनुसार अघि बढ्ने हो,’ उनले भने ।
उनले अगाडि भने, ‘बलात्कार गरेको भनिएको भिडियो ल्याबमा टेस्ट गरौं, ल्याबबाट प्रमाणित भएमा मात्र त्यसको आधारमा दोषी–निर्दोषी भनेर भनौँ । फेक भिडियाे एउटा एप्सबाट बनाइएको छ । ल्याबबाट प्रुभ भयो भने त्यो आधारमा अघि बढ्न सकिन्छ ।’
शाहीले आफूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएको दिनदेखि सुनियोजित प्रकारले आफूमाथि हमला भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण