शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका कृषि मन्त्रीको दावी– फेक भिडियो बनाएर फसाउन खोजियो

बुधबार, १६ भदौ २०७८, १७ : ०८
बुधबार, १६ भदौ २०७८

कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफूमाथि लागेको आरोप सत्य नभएको बताएका छन् । फेक भिडियो बनाएर राजनीतिक प्रतिशोधका आधारमा आफूलाई फसाउन खोजिएको उनको दावी छ ।
बलात्कार आरोप लागेपछि बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सार्वजनिक भएको भिडियोमा कोठामा छिरेको देखिने व्यक्ति म नै हो । तर, उहाँ (महिला) सँग त्यसपछि भएको कार्यमा कुनै सत्यता छैन।’
‘कोठामा जाउँला, बाटोमा हिडुँला, ड्रेस मिल्यो भन्दैमा आरोप लगाउन पाइन्छ ?’ मन्त्री शाहीले आक्रोश पोखे, ‘पीडित युवतीले नै म बलात्कार भएको छैन भनिसक्दा पनि फण्डा मच्चाउने काम राम्रो होइन् । भिडियो पूर्ण रुपमा एडिट गरेर सार्वजनिक गरिएको छ।’ 

उनले भिडियोबारे मंगलबार (हिजो) मात्र आफूलाई जानकारी भएको दावी गरे ।   
एमालेका भ्रातृ संगठनले  जुलुस निकालेर नभएको विषयमा राजनीतिकरण गर्न खोजेको उनको आक्रोश छ ।  उनले यो प्रकरणमा एमाले नेता यामलाल कँडेलको भूमिका रहेको पनि आरोप लगाए । ‘यो सबै यामलाल कँडेलको डिजाईन हो । अपराध हेर्ने त अदालत ले होला नि । अदालतमा दर्ता भएको खण्डमा त्यो अनुसार अघि बढ्ने हो,’ उनले भने । 

उनले अगाडि भने, ‘बलात्कार गरेको भनिएको भिडियो ल्याबमा टेस्ट गरौं, ल्याबबाट प्रमाणित भएमा मात्र त्यसको आधारमा दोषी–निर्दोषी भनेर भनौँ । फेक भिडियाे एउटा एप्सबाट बनाइएको छ । ल्याबबाट प्रुभ भयो भने त्यो आधारमा अघि बढ्न सकिन्छ ।’ 

शाहीले आफूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएको दिनदेखि सुनियोजित प्रकारले आफूमाथि हमला भएको उल्लेख गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप