राजीनामा दिन्नँ, विश्वासको मत लिन्छु : मुख्यमन्त्री भीम आचार्य (भिडियोसहित)
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको सन्दर्भमा उनले तत्काल राजीनामा नदिने प्रस्ट पारे ।
मुख्यमन्त्री आचार्यले आफू अल्पमतमा परे पनि संवैधानिक प्रावधान अनुसार अघि बढ्ने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘संविधान अनुसार म मुख्यमन्त्री भएको हो, संविधानमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार म विश्वासको मत फेस गर्छु, राजीनामा दिन्नँ ।’
प्रदेश १ बाट एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा सामेल भएका राजेन्द्र राई लगायतका सांसदले मुख्यमन्त्री अल्पमतमा परेको भन्दै राजीनामा माग गरिरहेको सन्दर्भमा मुख्यमन्त्री आचार्यले तत्काल राजीनामा नदिने प्रस्ट पारेका हुन् ।
मुख्यमन्त्री आचार्यले संसदमा आफूले विश्वासको मत प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे । उनले भने, ‘म काम गर्ने मान्छे हुँ, त्यसैले काम चाहने साथीहरूले मलाई भोट दिनुहुन्छ भन्ने विश्वास छ ।’ मुख्यमन्त्री आचार्य यसअघि एमालेमा माधवकुमार नेपालको पक्षमा उभिएका थिए । पार्टी विभाजन हुने अवस्थामा पुगेपछि भने उनी तेस्रो धारमा सामेल भए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तेस्रो धारको सहमति भएसँगै एमालेमै रहेका आचार्य त्यसलगत्तै मुख्यमन्त्री बनेका हुन् ।
भदौ १० गते प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बाटो खोलिदिएका थिए । प्रदेशसभामा एमालेका कुल ५० सांसदमध्ये १० जना नेकपा एकीकृत समाजवादीमा आवद्ध भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्दछ । एमालेका ५१ सांसदमध्ये १० नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेसँगै मुख्यमन्त्री आचार्यले विश्वासको मत हासिल गर्ने सम्भावना भने खुम्चिएको छ ।
प्रदेशसभामा अहिले नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् । राप्रपाकी इन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकाले सो गठबन्धनको पक्षमा ५० सांसद पुग्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण