‘फिल्म हल त खुल्ने भयो, तर देखाउने के ?’

उपत्यकाको जिल्ला प्रशासन कार्यलयले बिहिबारबाट फिल्म हल खोल्न दिने निर्णयलाई फिल्मकर्मीले स्वागतयोग्य कदमको रुपमा चर्चा गरेका छन् । सामाजिक संजालमा बिभिन्न पोष्ट गर्दै उनीहरुले यो कदमको स्वागत गरिरहेका छन् । तर अन्योलता भने कायमै छ ।
फिल्म हल त खुले, दर्शक आउने हुन् वा होइनन् भन्न सकिने अवस्था छैन । त्यसैले फिल्म हल खुलेपनि सुरुवात केले गर्ने भन्ने अन्योल सबैमा रहेको हो ।
निर्माता निर्देशक दीपेन्द्र के खनालले सोही अन्योलको उत्तर सामाजिक संजाल मार्फत खोज्ने प्रयास गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन् ‘फिल्म हल त खुल्ने भयो, तर देखाउने के ?, उनले अगाडि थपेका छन् ‘सरोकारवाला सबै एकजुट भएर चलचित्र क्षेत्र चलायमान बनाउन लागि पर्ने कि !’
उनको भनाइमा कतिपयले पुरानो हिट फिल्म लगाउनु पर्ने धारणा समेत राखेका छन् भने कतिपयले दीपेन्द्रको हिट फिल्म आमा देखाउनु पर्ने बताएका छन् ।
चलचित्र संघले भने उपत्यकामा भोलिबाटै चलचित्र हल खुल्ने र सुरुमा पुरानो फिल्म रिलिज गर्ने जनाएको छ । कुन पुरानो फिल्म रिलिज हुन्छ त्यो बिषयमा भने केही बताइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग