शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनुपम फुडल्याण्डमा पौडेल समूहको बैठक जारी

बुधबार, १६ भदौ २०७८, १६ : ३८
बुधबार, १६ भदौ २०७८

राजधानीको अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक जारी रहेको छ । नेपाल ट्रेड युनियनका पूर्वअध्यक्ष लक्ष्मण बस्नेतको संयोजनमा बसेको बैठकमा सभापतिका दाबेदारहरुबीच एकल उम्मेदवारीका विषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, रामशरण महत, सुजाता कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायत सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप