प्रदेश २ : लोसपाका ११ सांसदको सनाखत
जसपाबाट अलग भएर दर्ता भएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका पक्षमा प्रदेश २ का ११ प्रदेशसभा सदस्यले बुधबार सनाखत गराएका छन् । जनता समाजवादी पार्टी (जसपा) छोडेर नयाँ पार्टी रोजेका प्रदेश २ का प्रदेशसभा सदस्यहरुले निर्वाचन आयोगको कार्यालय पुगेर आफ्नो सनाखत गराएका हुन् ।
लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरूमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेको उनले बताए ।
जितेन्द्र सोनल, अभिराम शर्मा लगायतका प्रदेशसभा सदस्यहरुले बिहीबार सनाखत गराउने जनाइएको छ । लोसपाले अझै केही प्रदेशसभ सदस्यहरु आफूतिर आउने सम्भावना रहेको जनाएको छ ।
प्रदेश २ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्य थिए । तत्कालीन राजपाकै मुल धारले हाल लोसपा दर्ता गराएको भए पनि राजपाबाट निर्वाचित केही सदस्य भने जसपामै रहने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण