प्रदेश २ : लोसपाका ११ सांसदको सनाखत

जसपाबाट अलग भएर दर्ता भएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका पक्षमा प्रदेश २ का ११ प्रदेशसभा सदस्यले बुधबार सनाखत गराएका छन् । जनता समाजवादी पार्टी (जसपा) छोडेर नयाँ पार्टी रोजेका प्रदेश २ का प्रदेशसभा सदस्यहरुले निर्वाचन आयोगको कार्यालय पुगेर आफ्नो सनाखत गराएका हुन् ।
लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरूमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेको उनले बताए ।
जितेन्द्र सोनल, अभिराम शर्मा लगायतका प्रदेशसभा सदस्यहरुले बिहीबार सनाखत गराउने जनाइएको छ । लोसपाले अझै केही प्रदेशसभ सदस्यहरु आफूतिर आउने सम्भावना रहेको जनाएको छ ।
प्रदेश २ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्य थिए । तत्कालीन राजपाकै मुल धारले हाल लोसपा दर्ता गराएको भए पनि राजपाबाट निर्वाचित केही सदस्य भने जसपामै रहने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्