शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सानिमा लाइफको सेयर नेप्सेमा सूचीकृत

बुधबार, १६ भदौ २०७८, १६ : २५
बुधबार, १६ भदौ २०७८

सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर जारी गरेको थियो । जसमा संस्थापक १ करोड ४० लाख कित्ता जोडेर २ करोड कित्ता सेयर सूचीकृत भएको नेप्सेले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।

कम्पनीको सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आज सूचीकृत भएको हो । यो सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट अर्थात भोलि १६ गतेबाट कारोबारमा आउने छ ।
लाइफको आईपीओको ओपनिङ रेञ्ज न्यूनतम १०३ र अधिकतम ३०९ रुपैयाँ कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप