भारत : बालबालिकामा ज्वरोको कहर; १५ दिनमा ५२ को मृत्यु
भारतको उत्तर प्रदेशको फिरोजाबादमा अज्ञात ज्वरोको कहर बढिरहेको छ । पछिल्लो २४ घण्टाभित्र यहाँ थप सात बालबालिकाको मृत्यु भएको छ ।
जिल्लाको यो अज्ञात ज्वरोका कारण १५ दिनभित्र मृत्यु हुनेको संख्या ५२ पुगेको छ । मेडिकल कलेजकी प्राध्यापक डा. संगीता अनेजाले दिएको जानकारी अनुसार १८५ बालबालिका अस्पताल भर्ना छन् । हालसम्म उनीहरुको मृत्युको कारण अर्थात् रोगको कारण केही पत्ता लाग्न सकेको छैन । यस्तोमा अस्पतालको स्थिति भयावह हुँदै गएको छ ।
हरेक घण्टा ८–१० बालबालिका अस्पताल भर्नाः
फिरोजाबादको जिल्ला अस्पतालमा स्थिति निकै खराब हुँदै गएको छ । यहाँ हरेक घण्टा ८ देखि १० बिरामी बच्चा भर्ना गरिँदैछन् । जसका कारण बेडको अभाव हुन थालेको छ । शहरको सत्य नगर टापा कलामा बस्ने राजिवकी १२ वर्षकी छोरी नन्दनीको यो अज्ञात रोगका कारण मृत्यु भएको छ । राजिवले आफ्नी छोरीलाई दुई दिन अघि ज्वरो आएको र अस्पताल भर्ना गर्दासमेत उनको ज्यान बचाउन नसकेको जानकारी दिए ।
यो रोगबाट सबैभन्दा बढी प्रभावित शहर ऐलान नगरको कोलोनीमा बस्ने सरोजले ज्वरो त सबैलाई आइरहेको छ बालबालिकालाई यसले सबैभन्दा बढी असर पारिरहेको जानकारी दिए । बालबालिकालाई ज्वरो आउँछ । कमजोरी महसुस हुन्छ । अस्पताल लगिन्छ र एक वा दुई दिन भित्रै उनीहरुको मृत्यु भइरहेको छ । १० दिनभित्र यो कोलोनीबाट सात बालबालिकाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘छक्का पञ्जा ५’ मा नायिका को हो ?
-
सुनसरीमा गोली चल्यो
-
इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबिच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
-
बालमन्दिर जग्गा प्रकरण : अनुसन्धानभन्दा पक्राउ पुर्जी जारी गर्न हतारो
-
छाडा चौपाया व्यवस्थापन गरिन्छ : मुख्यमन्त्री महरा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो