शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना खोप लगाउनेको संख्या १ करोड नाघ्यो

बुधबार, १६ भदौ २०७८, १६ : ०९
बुधबार, १६ भदौ २०७८

नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १ करोड ९२ हजार १६४ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । जसमध्ये ५४ लाख २४ हजार ८३६ जना अर्थात १८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ४६ लाख ६७ हजार ३२८ जना अर्थात १५ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

नेपालमा कोभिशिल्ड, भेरोसेल, जोनसोन एण्ड जोनसोन र एष्ट्राजेनेका खोप दिने क्रम जारी छ ।   नेपालले यी खोप अनुदान सहयोग र खरिदमार्फत प्राप्त गरेको हो । अहिले झन्डै ३३ लाख मात्रा खोप लगाउने अभियान सञ्चालन भइरहेको छ । गएको माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो ।  विश्वमा ५ अर्बभन्दा धेरैले कोरोना खोप लगाइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप