बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कल्याण गुरुङले गरे काँग्रेस सभापतिको उम्मेदवार घोषणा

बुधबार, १६ भदौ २०७८, १५ : ४४
बुधबार, १६ भदौ २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार काठमाडौमा आयोजित कार्यक्रममा गुरुङले आगामी मंसिर (९–१३) मा हुने काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सभापतिको उम्मेदवारी घोषणा गर्दैै गुरुङले काँग्रेसको संरचनामा वडादेखि केन्द्रीय सभापतिलाई व्यवस्थित बनाउने दावी गरे ।

त्यस्तै उनले आफुले सभापति पदमा जितेमा पटक पटक एउटै व्यक्ति मन्त्री र प्रधानमन्त्री हुन पाउने व्यवस्था परिवर्तन गर्दै एक व्यक्ति दुई पटकभन्दा बढी समय प्रधानमन्त्री र मन्त्री हुन नपाउने व्यवस्था गर्ने दावी गरे । साथै गुरुङले आफु प्रधानमन्त्री भए मुलुकमा ६ महिनाभित्र भ्रष्टाचार नियन्त्रण गर्ने योजना रहेको सुनाए ।   

काँग्रेसमा सभापतिका लागि यसअघि नेता विमलेन्द्र निधिले सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । त्यस्तै हालका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, शेखर कोइराला र सुजाता कोइरालाले समेत सभापतिमा उम्मेदवारी दिने बताउदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप