कल्याण गुरुङले गरे काँग्रेस सभापतिको उम्मेदवार घोषणा
नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार काठमाडौमा आयोजित कार्यक्रममा गुरुङले आगामी मंसिर (९–१३) मा हुने काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सभापतिको उम्मेदवारी घोषणा गर्दैै गुरुङले काँग्रेसको संरचनामा वडादेखि केन्द्रीय सभापतिलाई व्यवस्थित बनाउने दावी गरे ।
त्यस्तै उनले आफुले सभापति पदमा जितेमा पटक पटक एउटै व्यक्ति मन्त्री र प्रधानमन्त्री हुन पाउने व्यवस्था परिवर्तन गर्दै एक व्यक्ति दुई पटकभन्दा बढी समय प्रधानमन्त्री र मन्त्री हुन नपाउने व्यवस्था गर्ने दावी गरे । साथै गुरुङले आफु प्रधानमन्त्री भए मुलुकमा ६ महिनाभित्र भ्रष्टाचार नियन्त्रण गर्ने योजना रहेको सुनाए ।
काँग्रेसमा सभापतिका लागि यसअघि नेता विमलेन्द्र निधिले सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । त्यस्तै हालका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, शेखर कोइराला र सुजाता कोइरालाले समेत सभापतिमा उम्मेदवारी दिने बताउदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण