दोलखाका ६ पत्रकार सम्मानित
विभिन्न सञ्चार माध्यममा आवद्ध रही यहाँबाट सक्रिय पत्रकारिता गर्दै आएका छ पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका संस्थापक अध्यक्ष देवदास श्रेष्ठको १६ औँ स्मृति दिवसका अवसरमा आज चरीकोटमा आयोजित एक कार्यक्रममा पत्रकारलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासङ्घले स्थापना गरेका विभिन्न छ विधामा पुरस्कृत गरिएको हो ।
रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कारबाट महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, देवदास श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट सन्तोषी कार्की, पशुपति चौलागाईं पत्रकारिता पुरस्कारबाट दिक्षण दैनिकका सम्पादक सिर्जनकुमार घिमिरे, विकास पत्रकारिता पुरस्कारबाट गोकर्ण भण्डारी, इन्द्रमणि पत्रकारिता पुरस्कारबाट दीपक बस्नेत र सुजल पत्रकारिता पुरस्कारबाट बाबुराम शर्मालाई सम्मान गरिएको छ । पुरस्कृत सबैलाई नगद रु १० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।
महासङ्घले प्रत्येक वर्ष भदौ १६ गते सो पुरस्कार वितरण गर्दै आएको छ । संस्थापक अध्यक्ष श्रेष्ठको हृदयघातका कारण २०६२ सालमा निधन भएको थियो । एमाले नेता पशुपति चौलागाईंले स्थापना गर्नुभएको गणतान्त्रिक पत्रकारिता पुरस्कारलाई पुरस्कारको नाम परिर्वतन गर्दै पशुपति चौलागाई स्मृति पत्रकारिता पुरस्कार नामकरण गरी यस वर्षदेखि प्रदान गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा औद्योगिक व्यापार मेला सुरु
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’