शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

नेप्सेमा सामान्य सुधार, ९ अर्बको कारोबार हुँदा रुरुका लगानीकर्ता मालामाल

बुधबार, १६ भदौ २०७८, १५ : १८
बुधबार, १६ भदौ २०७८

आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । कारोबार समयमा ४० अंकभन्दा बढीले सुधार आएपनि टिक्न नसक्दा अन्तिममा वृद्धि खुम्चिएर बन्द भयो । आज १.१४ अंकको सुधार आएको दिन नेप्से परिसूचक २९ सय ७६ अंकमा पुगेर रोकिएको छ ।

यसक्रममा आज नेप्सेमा ९ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज एक करोड ७१ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ । बजारमा सामान्य सुधार आएपनि कारोबार भएका १३ मध्ये चार बाहेक सबै समूहमा गिरावट आएको छ ।

आज बैंक ७.८९, होटल एण्ड टुरिजम १३०.४३, जीवन बीमा ७४.५९ र लगानी समूह ०.०१ अंकले सुधारिएको छ । यसबाहेक, आज व्यापार ७.३४, विकास बैंक, ४०, जलविद्युत १९, वित्त ८७, निर्जीवन बीमा समूह ६३, उत्पादनमूलक २.४२, अन्य १.४४, लघुवित्त ५.९४ र म्यूचुअल फण्ड समूह ०.०६ अंकले घटेको छ ।

आज यसक्रममा रुरु जलविद्युत आयोजनाका लगानीकर्ताले प्रतिकित्ता १०१ रुपैयाँ कमाएका छन् । त्यसपछि ओरियन्ट होलटका लगानीकर्ताले प्रतिकित्ता ३५ रुपैयाँ कमाउँदा सनराइज फस्ट म्यूचुअल फण्डको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप