काठमाडौँमा स्कुल खोल्न नपाइने, सिनेमा हल खुल्ने
काठमाडौँ । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले भौतिक रूपमा विद्यालय सञ्चालनबारे अस्पष्ट निर्णय गरेका छन् । तर प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सिनेमा हल भने भदौ १७ गते बिहीबारबाट खुलाउने निर्णय गरेका छन् । योसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन् । बुधबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञाबारे थप निर्णय गर्दै विद्यालय सञ्चालनबारे भने अस्पष्ट निर्णय गरेका हुन् ।
कोरोना सङ्क्रमण दरलाई विश्लेषण गरेर विद्यालयबारे यस्तो निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले जानकारी दिए । ‘केही क्षेत्रमा भने निषेधाज्ञा जारी नै छ’, निरौलाले भने । उनका अनुसार निषेधाज्ञामा गर्न नहुने भनेर लेखिएका बाहेक अन्य व्यवसाय सञ्चालन हुन सक्नेछन् ।
बैठक पछि काठमाडौँ जिल्ला प्रशासनले जारी गरेको आदेशमा भदौ १७ देखि भदौ मसान्तसम्म लागु हुने गरी शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने उल्लेख छ । आदेशमा भौतिक उपस्थितिमा पठनपाठन गर्नुपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर स्थानीय तहरुले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सक्ने उल्लेख छ ।
त्यस्तै प्रशासनले अनावश्यक रूपमा भीडभाड नगर्ने,सभा, जुलुस, जात्रा, महोत्सव आदि नगर्ने नराउने भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण