लुम्बिनी प्रदेश सभा बैठक भदौ ३० सम्म स्थगित
![लुम्बिनी प्रदेश सभा बैठक भदौ ३० सम्म स्थगित](https://rpcdn.ratopati.com/media/albums/lumbini_pradesh_sabha_RmHCenGAkc_-_Copy_gxvrKYwBAY.jpg)
लुम्बिनी प्रदेश सभाको भदौ १७ गतेको लागि बोलाएको बैठक स्थगित भएको छ । बैठक भदौ ३० गतेसम्म लागि स्थगित भएको प्रदेश सभा सहप्रवक्ता तथा सूचना अधिकारी विमला पौडेलले बताइन् ।
यसअघि प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको हो। भदौ १८ गते नेपाली काँग्रेसको अधिवेशनसमेत रहेकाले र प्रमुख प्रतिपक्ष दल एमालेसँग बैठक चलाउने विषय सहमति नजुटेका कारण स्थगित गर्नुपर्ने हो ।
विपक्षी दल एमालेले आफूहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्ध गर्ने अडान कायम राखेको एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीले रातोपाटीलाई बताए । नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालीन नेकपाकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको त्यो उक्त अडान अझै कायम रहेको चौधरीको भनाइ छ । एमालेका सांसदहरू मुख्यमन्त्री कुलप्रसाद केसी ले विश्वास मत बेला पनि सदनमा उपस्थिति जनाएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा