प्रदेश १ सरकार अल्पमतमा, एमालेका १० सांसदले गराए नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत

प्रदेश १ सरकार अल्पमतमा परेको छ । प्रदेश १ मा नेकपा एमाले छाडेर नेकपा समाजवादीमा १० जना प्रदेशसभा सांसद सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् ।
राजेन्द्र राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, राजन राई, सावित्रा रेग्मी, गणेशकुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पदमकुमारी गुरुङ र सुनिता चौधरीले नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् ।
९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद रहेकोमा १० जना नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएसँगै अब एमालेमा ४१ सांसदमात्र बाँकी छन् । प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्नेमा एमालेले बहुमत गुमाएको छ ।
प्रदेशसभामा नेपाली काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १० र जसपाका ३ सांसद छन् । केन्द्रमै गठबन्धन गरेका यी चार दलले प्रदेशमा पनि नयाँ सरकार गठनका लागि पहल गर्दैछन् । यो गठबन्धनको पक्षमा प्रदेशसभामा ४९ सांसद हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी