शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ सरकार अल्पमतमा, एमालेका १० सांसदले गराए नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत

बुधबार, १६ भदौ २०७८, १४ : ४७
बुधबार, १६ भदौ २०७८

प्रदेश १ सरकार अल्पमतमा परेको छ । प्रदेश १ मा नेकपा एमाले छाडेर नेकपा समाजवादीमा १० जना प्रदेशसभा सांसद सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् ।

राजेन्द्र राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, राजन राई, सावित्रा रेग्मी, गणेशकुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पदमकुमारी गुरुङ र सुनिता चौधरीले नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद रहेकोमा १० जना नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएसँगै अब एमालेमा ४१ सांसदमात्र बाँकी छन् । प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्नेमा एमालेले बहुमत गुमाएको छ ।

प्रदेशसभामा नेपाली काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १० र जसपाका ३ सांसद छन् । केन्द्रमै गठबन्धन गरेका यी चार दलले प्रदेशमा पनि नयाँ सरकार गठनका लागि पहल गर्दैछन् । यो गठबन्धनको पक्षमा प्रदेशसभामा ४९ सांसद हुन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप