जसपाभन्दा हामी बलियो छौं : अध्यक्ष ठाकुर
बुधबार, १६ भदौ २०७८, १३ : ३९

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । अध्यक्ष ठाकुरले भने– हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन, जसपाभन्दा हामी स्ट्रंग छौं ।’ लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सरदसिंह भण्डारी र राजेन्द्र महतो एकैपटक जनकपुर आएका छन् ।
उनीहरुको आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आज जसपाका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु नयाँ दल रोज्नका लागि निर्वाचन कार्यालय पुग्दैछन् । यहीबेला लोसपाका ३ वरिष्ठ नेताहरुको आगमनलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा संलग्न थप १ जना पक्राउ
-
रिहा भएपछि धवल शमशेरले के भने ?
-
थियटरपछि फिल्ममा समापिका
-
देशको ढुकुटीले धान्न सक्ने र सम्भव मागलाई सम्बोधन गर्छौँ, विद्यालय फर्कनुस् : प्रधानमन्त्री
-
‘एन्फाको अन्न्यायपूर्ण निर्णयले खेलाडी विक्षिप्त छन्, चुपचाप सहेर बस्ने ?’
-
राप्रपा महामन्त्री जबरा बुधबार मुम्बई जाने