जसपाभन्दा हामी बलियो छौं : अध्यक्ष ठाकुर
बुधबार, १६ भदौ २०७८, १३ : ३९
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । अध्यक्ष ठाकुरले भने– हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन, जसपाभन्दा हामी स्ट्रंग छौं ।’ लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सरदसिंह भण्डारी र राजेन्द्र महतो एकैपटक जनकपुर आएका छन् ।
उनीहरुको आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आज जसपाका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु नयाँ दल रोज्नका लागि निर्वाचन कार्यालय पुग्दैछन् । यहीबेला लोसपाका ३ वरिष्ठ नेताहरुको आगमनलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण