बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका पक्षमा १० जना

बुधबार, १६ भदौ २०७८, १३ : २०
बुधबार, १६ भदौ २०७८

प्रदेश १ मा नेकपा एमाले छाडेर नेकपा समाजवादीमा १० जना प्रदेशसभा सांसद सामेल हुने भएका छन् । बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराउन पुगेका हुन् । १० मध्ये ७ जनाले सनाखत गराइसकेका छन् भने राजेन्द्र राई, उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले सनाखत गराउन बाँकी छ ।

उपेन्द्र र कृष्णकुमारीको दस्तावेज अपुग भएपछि उनीहरु आवश्यक दस्तावेज जुटाउनका लागि प्रदेशसभा सचिवालयमा गएका छन् । उनीहरुलाई पर्खिँदै राजेन्द्र राईले पनि सनाखत गराएका छैनन् । राजन राई, सावित्रा रेग्मी, गणेशकुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पद्मकुमारी गुरुङ र सुनिता चौधरीले भने नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप