बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

नेपाल–भारत मैत्रीपूर्ण खेलका लागि ५१ सय टिकट बिक्यो

खेल हेर्नका लागि दुवै डोज खोप लगाएको हुनुपर्ने
बुधबार, १६ भदौ २०७८, १३ : ०३
बुधबार, १६ भदौ २०७८

नेपाल र भारतबीचका मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि ५१०० वटा टिकट बिक्री भइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जानकारी दिएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले खेलका लागि ५१०० टिकट बिक्री भइसकेको जानकारी दिए । 

‘कोभिडको दौरानमा पनि दर्शकसहित खेल खेलाउने मौकाका रूपमा यसलाई हेरिएको छ ।  स्वास्थ्य मन्त्रालय र फिफाको प्रोटोकल पूर्ण पालना भएको छ’, उनले भने, ‘खेल हेर्नका लागि दुवै डोज खोप लगाएको हुनुपर्नेछ। यही अवस्थामा पनि ५१ सय टिकट बिक्री भएको छ ।’

उनले खेल हेर्न जानेले पीसीआर टेस्ट गर्नुपर्ने पनि बताए । उनले मैत्रीपूर्ण खेललाई कोभिडको दौरान पनि दर्शकसहित खेल खेलाउने मौकाका रूपमा एन्फाले लिएको पनि बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप