सकियो ‘हिँड्दा हिँड्दै’ को छायाँकन
प्रेमकथामा निर्माण भएको फिल्म ‘हिँड्दा हिँड्दै’को छायाँकन सकिएको छ । निषेधाज्ञाका कारण छायाँकन रोकिएको फिल्मका केही दिन अगाडि छायाँकन सुरु भएको थियो । सोमबार लमजुङमा फिल्मको अन्तिम दृश्यको छायाँकनसँगै फिल्म सकिएको हो । फिल्म सकिएपछि निर्माण युनिट समेत काठमाडौ फर्किएको छ ।
सुशील पंगेनी प्रस्तुतकर्ता रहेको फिल्मका निर्देशक मिलन आले मगर हुन् । आकाश श्रेष्ठ, सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेल लगायतका कलाकारको अभिनय फिल्म रहेको छ । प्रस्तुतकर्ता पंगेनीले फिल्म लेखेका हुन् ।
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको व्यानर र कोहलपुर मेडिकल कलेजसँगको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ हुन् । सुमनकुमार तण्डुकारको छायाँकन रहेको फिल्मका गीतमा वसन्त सापकोटा र किरण माइकलको संगीत र कविराज गहतराजले कोरियोग्राफी नृत्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरहरूले भेट्टाए टू फ्याक्टर अथेन्टिकेशन छल्ने तरिका
-
किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा