मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सकियो ‘हिँड्दा हिँड्दै’ को छायाँकन

बुधबार, १६ भदौ २०७८, १२ : ५५
बुधबार, १६ भदौ २०७८

प्रेमकथामा निर्माण भएको फिल्म ‘हिँड्दा हिँड्दै’को छायाँकन सकिएको छ । निषेधाज्ञाका कारण छायाँकन रोकिएको फिल्मका केही दिन अगाडि छायाँकन सुरु भएको थियो । सोमबार लमजुङमा फिल्मको अन्तिम दृश्यको छायाँकनसँगै फिल्म सकिएको हो । फिल्म सकिएपछि निर्माण युनिट समेत काठमाडौ फर्किएको छ ।

सुशील पंगेनी प्रस्तुतकर्ता रहेको फिल्मका निर्देशक मिलन आले मगर हुन् । आकाश श्रेष्ठ, सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेल लगायतका कलाकारको अभिनय फिल्म रहेको छ । प्रस्तुतकर्ता पंगेनीले फिल्म लेखेका हुन् । 

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको व्यानर र कोहलपुर मेडिकल कलेजसँगको सहकार्यमा निर्माण भएको फिल्मको  निर्माता प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ हुन् । सुमनकुमार तण्डुकारको छायाँकन रहेको फिल्मका गीतमा वसन्त सापकोटा र किरण माइकलको संगीत र कविराज गहतराजले कोरियोग्राफी नृत्य छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप