बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा दुई परिवारबीच झडप, एक महिलाको मृत्यु

बुधबार, १६ भदौ २०७८, १२ : २०
बुधबार, १६ भदौ २०७८

सिरहाको कल्याणपुर नगरपालिका १ डुमरीमा दुई परिवार बीचको झडपमा एक महिलाको मृत्यु भएको छ ।  झडपमा ६५ वर्षकी भाल्सैरदेवी यादवको मृत्यु भएको हो ।  स्थानीय भाल्सैरदेवी यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झडप हुँदा भाल्सैरदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

श्रीदेव यादवले बाटोमा भैसीको मल राखेको विषयमा झडप सुरु भएको थियो । झडपमा जयकुमार यादव र श्रीदेव यादवले कुटपिट गर्दा यादवको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । आरोपी जयकुमार यादव र श्रीदेव यादव फरार भएका छन् ।

घटनामा संलग्न सबैको तीव्र रुपमा  खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा  राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप