‘एसएमजी’ हतियार प्रकरण : जङ्गी अड्डामा कोर्ट मार्सल जारी
चितवन स्थित नेपाली सेनाको कालिबहादुर गणबाट चोरी भएको स्वचालित सट मेशिन गन (एसएमजी)बारे जङ्गी अड्डामा कोर्ट मार्सल भइरहेको छ । हतियार चोरेको आरोपमा २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले उदयपुर घर भएका लव कुमार गुरुङ र मोरङ सुन्दरहरैंचा घर भएका सरोज तामाङलाई पुर्पक्षमा पठाउने फैसला गरेको थियो । तर, चितवन प्रहरीले साथीको हत्यामा संलग्न सैनिक जवान गंगाधर ढकालको साथबाट हतियार बरामद गरेपछि घटनाले नयाँ रूप लिएको छ ।
साउन ७ मा सैनिक हुद्दा भरत गुरुङ चितवनमा मृत फेला परेका थिए । गुरुङको हत्यामा कालिबहादुर गणबाट चोरी भएको हतियार प्रयोग भएको थियो । हत्या आरोपमा सैनिक जवान गंगाधर ढकाल एसएमजी सहित पक्राउ परे । चितवन जिल्ला अदालतको आदेशपछि उनलाई सेनाले जङ्गी अड्डामा ल्याएर कोर्ट मार्सल गरिरहेको छ । २०७५ पुस ३ मा ‘एसएमजी’ चोरी भएको थियो ।
‘कोर्ट मार्सल जारी छ’ सैन्य प्रवक्ता (सहायक रथी) सन्तोष वल्लभ पौड्यालले रातोपाटीसँग भने–‘कोर्ट अफ इन्क्वायरी बोर्डले दिएको छानबिन प्रतिवेदनका आधारमा जारी कोर्ट मार्सल अन्तिम चरणमा पुगेको छ ।’
चोरी प्रकरणमा ट्विस्ट आएपछि जङ्गी अड्डाले कोर्ट अफ इन्क्वायरी बोर्ड ‘छानबिन समिति’ चितवन पठाएर छानबिन गरेको थियो । महा–सेनानी नेतृत्वको समितिले भदौ ११ अघि नै छानबिन प्रतिवेदन बुझाइसकेको छ । इन्क्वायरी बोर्डले हतियार सैनिक जवान ढकालले नै चोरेको पुष्टि भएको प्रतिवेदन जङ्गी अड्डामा बुझाएको छ । कोर्ट अफ इन्क्वायरीले प्रतिवेदन बुझाएपछि कार्यवाहक प्रधान सेनापति प्रभुराम शर्माले कोर्ट मार्सल ( मुद्दा सुनुवाइ गर्ने टिम) गठन गरेका हुन् ।
सैनिक जवान गंगाधर ढकालले पनि हतियार आफैँले चोरेको स्विकारेका छन् । हत्या आरोपी सैनिक जवान चितवनको कालिका नगरपालिका–२१ पदमपुरका हुन् । उनले कोतघरको झ्यालको जाली उधारेर अङ्कुसेले तानेर हतियार चोरेको छानबिनबाट थाहा भएको छ ।
हतियार चोरेको आरोपमा कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ २८ महिनादेखि कारागार कार्यालय भरतपुरमा थुनामा छन् । कोर्ट मार्सल सकिएपछि कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ ‘निर्दोष हुन कि होइनन्’ र गंगाधरले कत्ति जेल सजाय पाउँछन् भन्नेबारे निर्णय हुन्छ । जङ्गी अड्डाबाट खटिएका सैनिक अदालतका तत्कालीन अध्यक्ष (सहायक रथी) सहदेव खड्काले सैनिक ऐन–०६३ अनुसार लव कुमार गुरुङलाई १० वर्ष र सरोज तामाङलाई ७ वर्ष कैद सजाय गर्ने फैसला सुनाएका थिए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार हत्यामा बट नम्बर ‘केआर–१००७९२’ नम्बरको एसएमजी प्रयोग भएको छ । दुई वर्षअघि चोरी भएको हतियारको नम्बरसँग सो नम्बर म्याच भएको छ ।
चोरी भएको एसएमजी सहित पक्राउ परेका सैनिक जवान गंगाधर कालिबहादुर गणका होइनन् । महेन्द्रदल गणको पल्टन चितवनमा हुँदा उनी त्यहाँ कार्यरत थिए । झापाबाट कालीबहादुर गणको पल्टन चितवन सरेपछि महेन्द्रदल गण त्यहाँबाट शिवपुरीमा सरेको थियो । चितवनमा हुँदा ढकालले एरिया अध्ययन गरेर पछि हतियार चोरेको सैनिक अधिकारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

