बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले भारतलाई हराएका ती दुई अवसर

बुधबार, १६ भदौ २०७८, १२ : ०१
बुधबार, १६ भदौ २०७८

नेपाल र भारतको राष्ट्रिय टोली अहिलेसम्म १९ पटक एकअर्काविरुद्ध भिडेका छन् । र, भारत १३ पटक विजयी भएको छ । त्यसैगरी चार खेल बराबरीमा टुंगिएका छन् । नेपालले जितेको दुई पटकमात्रै हो । तर ती दुबै जित निकै शानदार छन् । 

ढाकामा मणि चम्किदा

१९९३ मा दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको फाइनलमा नेपाल र भारत भिडेका थिए । यस संस्करणको साफमा अन्तिम दिनसम्म नेपालको राष्ट्रिय धुन रंगशालामा बजेको थिएन । किनकी, स्वर्ण जित्ने टोलीको मात्रै राष्ट्रिय धुन बज्ने प्रावधान थियो र नेपालले अन्तिम दिनसम्म कुनै खेलमा स्वर्ण जितेन । 

अन्तिम दिन फुटबलतर्फको फाइनल खेल थियो । यस खेलमा  भारतले पहिलो हाफमै अग्रता बनायो । त्यसपछि उमेश प्रधानले गोल गर्दै नेपाललाई बराबरीमा फर्काए । तर, भारतका आइएम विजयले अन्त्यतिर गोल गरेपछि नेपालको खेल जित्ने आशा निराशामा परिणत भइसकेको थियो । नेपालका समर्थकहरु स्तब्ध बनिसकेको उक्त अवस्थामा मणि शाह खरो उत्रिए ।  

खेल सकिनु दुई मिनेटअघि प्राप्त फ्रि कीकलाई उनले सोझै गोलपोस्टको जाली चुमाए । त्यसपछि ट्राइब्रेकरमा नेपालका गोलकिपर उपेन्द्रमानसिंहले भारतीय खेलाडीको पेनाल्टी जोगाए । लगत्तै, पेनाल्टी हान्न आएका अर्का भारतीय खेलाडीले पनि बल गोलपोस्टबाहिर हाने । र, नेपालका वसन्त गुरुङले टाइब्रेकरमा निर्णायक पेनाल्टी गोल गरे ।

अनिल र जुमानु चम्किए 
अनिल गुरुङ र जुमानु राईले नेपालबाट कुनै उपाधि जित्न सकेनन् । तर उनीहरुले आफ्नो समयमा दक्षिण एशियाकै बलियो टिम भारतलाई हराए, त्यो पनि काठमाडौंस्थित दशरथ रंगशालामै । नेपालले घरेलु मैदानमै भारतको सिनियर टोलीलाई हराएको यो पहिलो अवसर थियो । २०१३ को साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणमा यी दुई टिम भिडेका थिए ।

सन्दीप राईको फ्रि किकमा हेड गोल गर्दै अनिलले ६९ मिनेटमा नेपाललाई पहिलो अग्रता दिलाए । ८० मिनेटमा रविन श्रेष्ठको क्रसमा जुमानु राईले गोल गरे । भारतले ईन्जुरी समयमा गोल फर्काए पनि हार टार्न सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप