पहिरोका कारण नौ घर उच्च जोखिममा
काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका–५ का नौ घर उच्च पहिरोको जोखिममा परेको छ । सो वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिराले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा अहिले घर छाडेर अन्यत्र बस्दै आएको वडा कार्यालयले जनाएको छ ।
वडा नं ५ का अध्यक्ष राजकुमार गौतमका अनुसार बिरुवा टोलका भीमसेन गौतम, खारका युवराज गिरी, पोष्टराज गिरी, चेतुराज गिरी र नारायण गिरीको घर पहिरोका उच्च जोखिममा छन् । त्यस्तै रुम्टिका मेहलाल गजमेर, झम्कप्रसाद चौलागाईँ, विशाल गौतम र मीनप्रसाद गौतमको घर पनि जोखिममा छ । ती घरको तलबाट पहिरा गएका कारण उच्च जोखिममा रहेकाले उनीहरु अहिले अन्यत्र बस्दै आएको वडाध्यक्ष गौतमको भनाइ छ ।
“घर जोखिममा परेपछि बसोबासमा समस्या भएकालाई सङ्घसंस्थाको सहयोगमा तारजाली वितरण गरिएको भए पनि पानी परिरहेका कारण काम गर्न सकिरहेको छैन”, उनले भने, “खार र रुम्टिगाउँ भूकम्प गएदेखि भूगर्भविद्हरुले उच्च जोखिममा रहेको बस्तीका रूपमा चित्रण गरेको छ ।”
बस्ती वरिपरी पहिरा गएका कारण त्यहाँका ३५/४० घरपरिवारलाई अन्यत्र सार्न पनि नसकिने र ढुक्कका साथ बस्न पनि नपाइने अवस्था रहेको उनले बताए । पहिला पनि भूकम्प गएदेखि पहिरोका जोखिममा रहेको सो बस्तीमा पछिल्लो समय मोटरबाटो खनेपछि पानी परेर झन् जोखिममा परेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्क्रब टाइफस’ को जोखिम बर्खामा बढी
-
फ्रान्सेली निर्वाचनमा दक्षिणपन्थी पार्टीको अग्रता
-
कक्षा कोठामा पानी जमेपछि पठन पाठनमा समस्या
-
कोशी प्रदेशको उल्टो यात्रा, कानुनविना नै नियमावली !
-
चलचित्र क्षेत्रले स्विकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु : भुवन केसी
-
परिस्थितिजन्य बाध्यतावश संन्यास लिएको रोहितको प्रतिक्रिया