सप्तरीमा करेन्ट लागेर बालकको मृत्यु
बुधबार, १६ भदौ २०७८, ११ : ४६
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरका पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ । गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्युपछि शव फर्काएर घरमा ल्याई राखिएको प्राप्त सूचनाका आधारमा गएको प्रहरी टोलीले शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई शिक्षा समितिको निर्देशन
-
स्वास्थ्य बिमामा आबद्ध कसरी हुने ?
-
सोहेल र सन्तोषको शानदार ब्याटिङ, नेपालद्वारा २ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत
-
आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ बनाउन किर डराउँछन् आमिर ?
-
हरेक दिन थोरै वाइन पिउनु मुटुको लागि स्वस्थकर : अध्ययन
-
केही लागेन चितवन राइनोजको, कर्णाली याक्स क्वालिफायरमा