बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

‘लाइफ इन एलए’ले ल्यायो पहिलो गीत ‘पागल प्रेमी’

बुधबार, १६ भदौ २०७८, ११ : ४२
बुधबार, १६ भदौ २०७८

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म हो ‘लाइफ इन एलए’ । फिल्मको पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको गीत रिलिज गरेको हो । माया प्रेमका भावनाहरु समेटिएको गीतमा अभिनेता ब्यास बिस्सु, शिल्पा मास्के र अकेशा बिष्ट माथी फिचरिङ गरिएको छ । एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।

सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा अभिनेता ब्यास बिस्सु, शिल्पा मास्के, अकेशा विष्टको अलवा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । फिल्मका एसोसिएट निर्देशक दीपक वली हुन् ।

फिल्म दशै तिहारको बीचमा रिलिज गर्ने निर्माता ब्यास बिस्सुले बताए । ‘फिल्म नेपाल भन्दा पहिले अमेरिकामा रिलिज गर्नेछौ’ निर्माता बिस्सुले भने, ‘नेपालमा भने दशै तिहारको बीचमा रिलिज हुनेछ ।’ हल खुले हल र नखुले उपलब्ध डिजिटल प्लेटफर्ममा फिलम रिलिज गर्ने योजना आफ्नो रहेको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप