बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष तिमल्सिनाद्वारा राउटे बस्तीको अवलोकन

बुधबार, १६ भदौ २०७८, ११ : २१
बुधबार, १६ भदौ २०७८

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राउटे समुदायसँग भेट गरी उनीहरुको अवस्थाबारे छलफल गरेका छन् । अध्यक्ष तिमिल्सिनाले सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट र त्यहाँको अवस्थाबारे अवलोकन गरेका हुन् ।

कार्यक्रमको सिलसिलामा सुर्खेत आएका अध्यक्ष तिमिल्सिनाले मंगलबार सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चे पुगेर राउटे समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए । उनले भने, ‘सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नती हुँदैन ।’ उनले राउटे समुदायका मुखियासहितको टोलीलाई राज्यले स्थायी बसोबासको व्यवस्था गर्दा एक ठाउँमा बस्न आग्रह गर्दै सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिन सल्लाह दिए ।

अध्यक्ष तिमिल्सिनाले राउटे समुदायलाई राज्यबाट आउने सहयोग पर्याप्त भएपनि त्यसको उचित प्रयोग र व्यवस्थापन नभएसम्म उनीहरुको अवस्थामा सुधार नहुने बताए । कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीसहितको टोलीसँग पुगेका अध्यक्ष तिमिल्सिनाले राउटे समुदाय व्यवस्थित बस्ती बनाएर एकठाउँ बस्न तयार भए सरकार समक्ष आफूले पहल गर्ने आश्वासन समेत दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप