एसियन कंक्रिटोले पायो नेपाल गुणस्तर चिन्ह

एसियन कंक्रिटोले नेपाल गुणस्तर मापदण्डमा उत्पादन सुरु गरेको छ । यसअघि कम्पनीले युरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माणजन्य सामाग्री उत्पादन गरिरहेको थियो । कंक्रिटोले वैशाख ७ गते नेपाल गुणस्तर तथा नापतौल विभागबाट चिन्ह (एनएस) पाएपछि सोहीअनुसार उत्पादन थालेको हो ।
कम्पनीका अध्यक्ष मनिष रंगटाले नेपालमा कंक्रिटो उत्पादन गर्ने मापदण्ड नबनेकाले अहिलेसम्म युरोपियन र भारतीय मापदण्डमा उत्पादन गर्दै आएको बताए । तर, अब नेपालमा गुणस्तर मापदण्ड बनेपछि नेपाल गुणस्तरमै उत्पादन थालिएको उनको भनाइ छ ।
एसियन कंक्रिटो उद्योगले अहिले ३० वटा विभिन्न निर्माणजन्य सामाग्री उत्पादन गर्दै आएको कम्पनीका निर्देशक अनिल जाटियाले बताए । यसमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो प्रडक्ट बनेको जाटियाले जानकारी दिए ।
कर्बस्टोन र इन्टरलक ब्लक सरकारले बनाउने पूर्वाधार विकासमै ८०/९० प्रतिशतसम्म खपत हुने गरेको कम्पनीले जनाएको छ । सोहीकारण, सरकारले नेपाल गुणस्तर चिन्ह पाएका दुई प्रडक्टको प्रयोग गरेमा निर्माण खर्चबापतको अर्बौ रकम जोगिने कम्पनीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड