प्रदेश २ का स्थानीय तहमा दलबदल शुरु : जनकपुरका मेयर जसपामा, उपमेयर लोसपामा
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी नवगठित लोकतान्त्रिक समाजवादी पार्टीतर्फ लागेका स्थानीय तहका जनप्रतिनिधिले मंगलबारदेखि जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्न थालेका छन् । त्यस्तै, स्थानीय जनप्रतिनिधिहरु नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा लाग्ने क्रम मंगलबारदेखि शुरु भएको छ ।
\प्रदेश नम्बर २ मा मंगलबारदेखि नयाँ पार्टीमा प्रवेश गर्ने जनप्रतिनिधिहरुको सनाखत हुन थालेको प्रदेश निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिइन् । दल बदलका क्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह राजपाबाट चुनाव जिते पनि अहिले मूल पार्टी जसपामै रहेका छन् भने उपमेयर रीता कुमारी मिश्र भने लोसपातर्फ लागेकी छन् ।
त्यस्तै, जलेश्वरका मेयर रामशंकर मिश्र र भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले भने नयाँ दल लोसपा रोजेका छन् । उनीहरुले निर्वाचन कार्यालय महोत्तरीमा गई लोसपामा सनाखत गरेका हुन् । अन्य जिल्लामा भने को कतिजनाले सनाखत गरे, सोको यकिन हुन अझै समय लाग्ने निर्वाचन कार्यालय ले जनाएको छ ।
मंगलबार धनुषामा जसपाका ११२ जना जनप्रतिनिधि मध्ये ५४ जनाले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् । त्यस्तै महोत्तरीमा जसपाका २१५ जनप्रतिनिधिमध्ये १०२ जनाले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । एमाले छाडेर एकीकृत समाजवादीमा गएका प्रदेश सांसदहरुले बुधबार र लोसपाका प्रदेश सांसदहरुले बिहीबार सनाखत गर्ने झाले रातोपाटीलाई जनाइन् । शुक्रबारदेखि एकीकृत समाजवादी र लोसपाबाट छुटेका स्थानीय तहका जनप्रतिनिधिहरुले सनाखत गर्ने कार्यक्रम रहेको प्रमुख झाले बताइन् । निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिनका लागि कार्यालयमा स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने भनेको छ । निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिनका लागि कार्यालयमा स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने भनेको छ ।
धनुषाका १८ स्थानीय तहमध्ये मेयर÷उपमेयर १२/१२, अध्यक्ष/उपाध्यक्ष ६/६, वडाध्यक्ष १ सय ६९ र सदस्य ६४३ गरी जम्मा ८४८ जना जनप्रतिनिधिहरु छन् । तीमध्ये तात्कालीन राजपा नेपालबाट मेयर÷उपमेयर २/२ जना, वडाध्यक्ष २१ र सदस्य ८७ जना गरी १ सय १२ जना जनप्रतिनिधि रहेका थिए ।
त्यस्तै समाजवादी पार्टीका मेयर/अध्यक्ष÷उपाध्यक्ष १ /१ जना, वडाअध्यक्ष २३ जना र वडा सदस्यहरु १०८ गरी कुल १३४ जना जनप्रतिनिधिहरु धनुषामा छन् । एकीकरण हुदाँ जसपा नेपालमा कुल २४६ जना जनप्रतिनिधिहरु थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिद्वारा वैद्यको दस्ताबेज अनुमोदन
-
युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजाने
-
स्थायित्वको माग गर्दै शिक्षक र कर्मचारीद्वारा नेपाल खुला विश्वविद्यालयमा तालाबन्दी
-
प्रभावकारीरुपमा परिणाममूलक काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन
-
विद्युत् महसुल नतिर्ने उद्योगको सेयर रोक्का गर्न विद्युत् प्राधिकरणको पत्राचार
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण : बीआरआईका कारण अरु एजेण्डा ओझेलमा