शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विनोदको ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ सार्वजनिक

बुधबार, १६ भदौ २०७८, ०७ : ४९
बुधबार, १६ भदौ २०७८

वरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीत कलाको आयु अनन्त रहने बताएका छन् । गीतकार विनोद चालिसेको कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’को बिमोचन कार्यक्रममा उनले भाषा संगीत बाँचेसम्म श्रष्टा बाँच्ने कुरोमा जोड दिए ।

काठमाडौमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका यूवा नेता गगन थापा, श्रष्ठा श्रवण मुकारुङ, संगीतकार अधिकारी, प्राज्ञ प्रयागराज भट्टराई, पत्रकार पुरुषोत्तम दाहाल लगायतले दुबै कृति संयुक्त सार्वजनिक गरेका थिए ।

कार्यक्रममा काँग्रेस नेता गगन थापाले संगीतमा सबैलाई बाधेर राख्न सक्ने शक्ति भएको बताए ।
४० कविता संग्रह गरिएको पुस्तक पैरबी बुकले प्रकाशन गरेको हो । कार्यक्रममा युवा कवि केशव पाठकले कविता संग्रह समेत वाचन गरेका थिए ।

गीति संग्रहमा ‘भएछु म अँगारसरि’, ‘विदेश जाउ’, ‘के गरौ कसो गरौ’, ‘सुन्नु छैन’ र ‘वर पर’ बोलका गीत समावेश छ । गीतमा शब्द विनोद चालिसे र संगीत शशि विक्रम थापा र ज्ञानकुमार खड्काको छ । गीतमा स्वरुप राज आचार्य, शशि विक्रम थापा, मेलीना राई, ज्ञानकुमार खड्का र कृष्णकुमार खड्काले स्वर दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप