एथ्लेटिको फर्किए ग्रिजमान
ला लिगा च्याम्पियन एथ्लेटिको म्याड्रिडले फरवार्ड एन्टोनी ग्रिजमानलाई बार्सिलोनाबाट एक वर्षका लागि ऋणमा पुनः अनुबन्ध गरेको छ । एथ्लेटिकोले खेलाडीको तलब तिर्नेछ भने करारमा ट्रान्सफरलाई स्थायी बनाउने बाध्यकारी बुँदा पनि रहेको छ ।
फ्रेन्च खेलाडीले एथ्लेटिकोका लागि २५७ खेलमा १३३ गोल गरेका छन् । सन् २०१९ मा उनको १०.७ करोड पाउन्डको रिलिज क्लज तिरेपछि उनी बार्सिलोना पुगेका थिए । बार्सामा भने उनले १०२ खेलमा मात्र ३५ गोल गर्न सके । यसक्रममा उनले कोपा डेल रेको उपाधि मात्र जितेका छन् ।
आर्थिक सङ्कट खेपिरहेको बार्सिलोना छाड्ने उनी ११ औँ खेलाडी हुन् । बार्सिलोनाले आफ्नो क्लबका सर्वकालीन गोलकर्ता लियोनेल मेस्सीलाई समेत क्लब छाडेर जान दिन परेको थियो ।
गत सिजन एथ्लेटिकोले बार्सिलोनाबाट स्ट्राइकर लुइस सुवारेजलाई अनुबन्ध गरेको थियो । उनले डिएगो सिमिओनीको टोलीलाई ला लिगा जित्न मद्दत गरेका थिए । उता, चेल्सीले साउल निग्वेजलाई एथ्लेटिकोबाट एक वर्षका लागि ऋणमा अनुबन्ध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का