आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महिना दिनपछि इन्द्रावती तेस्रोबाट विद्युत् उत्पादन सुरु

मङ्गलबार, १५ भदौ २०७८, २२ : ५२
मङ्गलबार, १५ भदौ २०७८

मेलम्ची इन्द्रावती नदीमा आएको लगातारको बाढीका कारण साउन १७ गतेदेखि बन्द रहेको इन्द्रावती तेस्रो जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएको छ । सात दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजना करिब एक महिनापछि सञ्चालनमा आएको हो । यसअघि गत असार १ गतेको मेलम्ची इन्द्रावती नदीको बाढीले क्षति पु¥याएको आयोजना डेढ महिना बन्द भएर साउन १४ गतेदेखि सञ्चालनमा आएको थियो ।

साउन १७ गते पुनः आएको बाढीले मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा बगाएको दुईवटा टावर महिना दिनभित्रमा अस्थायी पुनःनिर्माण गरी विद्युत् उत्पादन सुरु गरिएको केन्द्रका कामु प्रमुख इञ्जीनियर वसन्तलाल कर्णले जानकारी दिए ।

गत असार १ गतेको इन्द्रावतीमा आएको बाढीले जलविद्युत् केन्द्रको तिपेनीस्थित बाँधमा क्षति पु¥याएको थियो भने मेलम्ची खोलामा आएको बाढीले दुईवटा टावर बगाएको थियो । तिपेनीस्थित बाँध क्षेत्रमा बाढीले भत्काएको आधा संरचना खोलामा पानीको सतह बढी भएकाले अहिले पुनःनिर्माण गर्न नसकिएको कर्णले बताए । हिउँदमा गरिने पुनःनिर्माणका लागि थप रु चार करोड खर्च हुने अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप