शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

सीजी नेटले ल्यायो तीज अफर

मङ्गलबार, १५ भदौ २०७८, २१ : २९
मङ्गलबार, १५ भदौ २०७८

काठमाडौं । सीजी नेटले महिलाहरूको लागि लक्षित गर्दै तीजको अफर सार्वजनिक गरेको छ। 

उक्त अफर भदौ १६ देखि भदौ ३० सम्म चल्ने छ विशेष गरी महिला ग्राहकहरूको लागि मात्र लक्षित गरी ल्याइएको अफरमा ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सस्क्राइव गर्नुपर्ने हुन्छ। सस्क्राइव गरिएको प्लान महिलाको नाममा हुनु पर्ने हुन्छ। 

उक्त अफर सस्क्राइव गरे वापत ग्राहकले लक्की ड्रबाट दैनिक रूपमा २ वटा घरायसी सामाग्री पुरस्कार प्राप्त गर्न सक्ने छन् भने अफरको अन्तिम दिन एक जनालाई बम्पर लक्की ड्र साथै  ९ जनालाई थप पुरस्कार प्रदान गरिने सीजीले जनाएको छ। उक्त अफर सीजी नेटको कभरेज भएको स्थानहरूमा मात्र उपलब्ध हुने छ। 

सीजी नेटले आफ्नो विस्तार जावलाखेल, कुपण्डोल, कुलेश्वर, कालीमाटी, सतुंगल, बल्खु, छाउनी, कलंकीमा गरी सकेको छ। अब थप स्थानहरू पनि चाँडै नै विस्तार गर्ने कम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप