सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा ३८७ जनामा कोराना सङ्क्रमण

मङ्गलबार, १५ भदौ २०७८, २१ : २४
मङ्गलबार, १५ भदौ २०७८

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३८७ जनामा कोरोना सङ्क्रण भएको छ । एक हजार ११४ जनाको पिसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६ मध्ये विराटनगरमा ४३, इलाममा पाँच, सङ्खुवासभामा तीन, भोजपुर र धनकुटामा दुई÷दुई, ओखलढुङ्गा, उदयपुर र प्रदेश बाहिरका एक÷एक जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ३९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप