शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

आइएमई पे एपबाट क्यूआर स्क्यान गर्दा १ हजार जित्ने यस्तो छ मौका

मङ्गलबार, १५ भदौ २०७८, २१ : १२
मङ्गलबार, १५ भदौ २०७८

काठमाडौं । आइएमई पेले एपबाट क्यूआर स्क्यान गर्दा १ हजार जित्न सकिने योजना ल्याएको छ ।

‘एप एक क्यूआर अनेक’ भन्ने मूल नाराका साथ अब आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्दा १ हजारसम्म जित्न सक्ने योजना सार्वजनिक गरिएको छ । 

उक्त योजना १६ भदौदेखि १४ असोज २०७८ सम्म लागु हुनेछ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आइएमई पे क्यूआर सेवाग्राहीलाई सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप