काँग्रेसले सार्वजनिक गर्यो ५६ जिल्लाका क्रियाशील सदस्यको नामावली, २१ जिल्लामा के हुन्छ ?
नेपाली काँग्रेसको निर्वाचन समितिले थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ ।
मंगलबार निर्वाचन समितिले सुनसरी, बागलुङ र मकवानपुर जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो ।
निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवका अनुसार क्रियाशील छानविन समिति तर्फबाट बुझाएका क्रियाशील सदस्यको सूची वेबसाइटमा प्रकाशित छ ।
काँग्रेसका यसअघि दुई चरण गरी ५३ जिल्लाको क्रियाशील सदस्यता सूची बुझाएको थियो ।
काँग्रेसले अझै २१ जिल्लाको क्रियाशील विवाद समाधान गरिसकेको छैन । जसकारण क्रियाशील सदस्यको नामावली सार्वजनिक हुन सकेको छैन ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का अनुसार २१ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएर निर्वाचन समितिलाई बुझाउने गृहकार्य भइरहेको छ ।
जसका लागि नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकले काम गरिरहेको उनको भनाइ छ । वडा अधिवेशन भदौ १८ गतेबाट सुरु भएर केही दिन लम्बिने खड्काले संकेत गरे ।
उनले रातोपाटीसँग भने भने, 'भदौ १८ काट वडा अधिवेशन हुँदै जान्छ । सिटौलाजी, रमेशजी र मिनेन्द्रजी सम्मिलित समिति बनेको छ । उहाँहरुले टुंग्याउँदै जानुहुन्छ । उहाँहरुले क्रियाशील सदस्यको टुंगो लगाएर निर्वाचन समितिलाई बुझाउनु हुन्छ । निर्वाचन समितिले सार्वजनिक गर्छ । अनि अधिवेशन हुँदै जान्छ ।' अब यही प्रक्रियाले अगाडि जाने खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
-
हेटौँडा–काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न अध्ययन गर्दै प्रदेश सरकार, चलाउन कति सम्भव ?
-
अर्जुनधारा र जापानको तोनो सिटीबिच भगिनी सम्बन्ध स्थापना
-
भ्युटावर हेर्न गएका तारणी ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएनन्
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?
-
आज काठमाडौंका कुन-कुन ठाउँमा काटिँदै छ बिजुली ?