सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

दराजको नयाँ ड्रप अफ पोइन्ट्स, सामान रिटर्न गर्न यसरी हुनेछ सहज

मङ्गलबार, १५ भदौ २०७८, २० : ५४
मङ्गलबार, १५ भदौ २०७८

काठमाडौ । दराजले ग्राहकहरुको लागी अनलाइन शपिङलाई सहज बनाउन आइएमई पेसँग साझेदारी गरेको छ । दराजले देशका बिभिन्न भागहरुमा आइएमई पेसँग साझेदारीमा नयाँ ड्रप अफ पोइन्ट्सहरुको घोषणा गरेको हो । 

यस साझेदारीको माध्यमबाट चयन आइएमई पे हब दराज ग्राहकहरुको लागि ड्रप अफ पोइन्ट्सको रूपमा कार्यमा आउने दराजले जनाएको छ । यस्ता पोइन्ट्सले सामान रिटर्नको लागि एक अधिक सुविधा जनक र झन्झट मुक्त उपाय प्रदान गर्नेछ । ग्राहकहरू अब केवल आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसँग फिर्ता गर्न सक्नेछन् । 

दराजको हब बाहेक ग्राहकहरू अब उपत्यका भित्र र बाहिर रहेका आइएमई पे हबहरुमा गई आफ्नो प्याकेज फिर्ता गर्नको लागि छोड्न सक्नेछन् । हाल काठमाडौं उपत्यकामा ६ वटा हबहरु संचालनमा रहेका छन् भने छिट्टै ८ वटा हव संचालनमा आउने दराजले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप