शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

इन्सपेक्टर कपिल वाग्लेको मृत्युबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझायो

मङ्गलबार, १५ भदौ २०७८, २० : ००
मङ्गलबार, १५ भदौ २०७८

प्रहरी निरीक्षक (इन्सपेक्टर ) कपिल वाग्लेको मृत्युबारे छानविन गर्न गठित समितिले छानविन प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव सुनिल खनाल नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।  

नवलपरासी पश्चिमस्थित ईलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत वाग्लेको साउन २५ मा मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । भन्सार छलीको मोबाइल बोकेको गाडी छाडेको आरोपमा प्रदेश प्रहरी कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो । निलम्बनमा परेको साँझ मोटरसाइकलको ठक्करबाट उनले ज्यान गुमाएका थिए ।

सो घटना छानविनका गर्न गृह मन्त्रालयले सहसचिव खनालको नेतृत्वमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका एसएसपी सुदीप गिरी सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप