धनुषामा विद्यालय सञ्चालनमा ल्याउने स्थानीय प्रशासनको निर्णय

धनुषामा कोरोना महामारीको कारण बन्द रहेको शैक्षिक संस्थालाई खोल्ने निर्णय गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति धनुषाको बैठकबाट ६ कक्षाभन्दा माथिका कक्षाहरू भौतिक रूपमा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
शिक्षण सिकाइका गतिविधिलाई निरन्तरता दिने सम्बन्धमा नेपाल सरकारबाट जारी स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि ०७८ र सिसिएमसी बाट स्वीकृत कोभिड महामारीको अवस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयनसम्बन्धी कार्ययोजना तथा शिक्षण सिकाइ सहजीकरण निर्देशिका ०७७ अनुसार विद्यालयका खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।
प्रजिअ बाँस्तोलाका अनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ को पूर्ण पालन गर्ने गरी सम्बन्धित स्थानीय तहले सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी आवश्यक व्यवस्था मिलाएर विद्यालय सञ्चालन गर्न पाउने निर्णय भएको छ ।
विद्यालयहरू सञ्चालन भएपछि विद्यालयमा अनिवार्य तापक्रम थर्मल गनबाट परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने, हात धुने स्थानको व्यवस्थापन र कक्षा कोठामा स्यानिटाइजर राख्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लोडसेडिङको हट्नुमा कसको कति योगदान ?
-
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको सम्बोधन ||LIVE||
-
बजेटबारे उपप्रधानमन्त्री सिंहले गरे उपत्यकाका जनप्रतिनिधिसँग छलफल
-
डाइटिङका कारण केरलामा एक युवतीको मृत्यु
-
सत्तापक्षका सांसदको प्रश्न : विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ ?
-
सुर्खेतमा राप्रपाकाे शक्ति प्रदर्शन (तस्बिरहरू)